गोरखा असार ३१ – नेपाली काग्रेस गाँऊकार्य समिति गण्डकी गाँऊपालिका गोरखाले गण्डकी गाँऊपालिका गाँऊकार्यपालिकाको मिति २०७९/३/३० गतेको ८७औँ बैठकले गण्डकी गाँऊपालिका बाट नियुक्ती लिई सेवा करारमा कार्यरत विधालय र ओभिओटी अन्तर्गतबाहेकका सबै अस्थाई सेवा करार र ज्यालादारीमा कार्यरत कर्मचारी गण्डकी गाँऊपालिकाको कार्यालय,वडा कार्यालय,स्वास्थ्य चौकी,सामुदायीक स्वास्थ्य ईकाईहरुमा कार्यरत सेवा करारको कर्मचारीहरलाई आर्थिक बर्ष २०७९/८० श्रावण १ गते देखि लागु हुने गरी सेवाकरार म्याद थप नगर्ने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको विषय ऊल्लेख गर्दै आज मिति २०७९/३/३१ गते एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ।
संघियता लागु हुनु भन्दा अगाडि नियुक्ती भई ३१ बर्ष सम्म अनवरत सेवा गरिरहेका निर्दोष तथा फरक क्षमता भएका कर्मचारी साथैनेपाल सरकारले अति आवश्यक सेवा क्षेत्र एंवम जनताको पहुँचमा रहेका स्वास्थ्य संस्था जस्तो संवेदनशील संस्था बन्द हुने गरिगर्भवती,बालबालिका,अपाङग, जेष्ठ नागरिकको स्वास्थ्यमा ठाडो खेलवाड गरी नियोजित एवम् राजनितिक प्रतिशोधको भावनालेगरिएको एकलौटी निर्णय प्रति नेपाली काग्रेस गण्डकी गाँऊपालिका ले घोर भर्सना गरेको छ।
नेपाली काग्रेस गण्डकी गाँऊपालिकाले कोभिड १९ को आक्रान्त परिस्थितिमा दिनरात नभनी ज्यानको बाजी थापेर पालिकाबासीकोजिवन रक्षाका लागी खटिएका कर्मचारीहरुको कार्य सम्पादन मुल्याङकन सुचक मापनका आधारमा स्थानिय सरकारले प्रोत्साहन गर्नुपर्नेमा ज्यादती पुर्ण तरिकाले कर्मचारी माथि गरिएको अन्याय र अपरिपक्क निर्णय तत्काल सच्याई सेवा करार सम्झौतालाई निरन्तरतादिन विज्ञप्ती मार्फत जोडदार माग गरेको छ।
होम बहादुर राना मगरको नेतृत्वमा रहेको नेका गाँऊकार्य समिति गण्डकी गाँऊपालिका गोरखा ले नागरिकको स्वास्थ्य जस्तो संवेदनशिलविषयलाई समेत ख्याल नगरी सत्ता र शक्तीको भरमा स्वास्थ्य संस्थानै बन्द हुने गरी गरिएका निर्णयले स्थानिय सरकार पालिकाबासीप्रति जिम्मेवार नभएको ठहर गरेको छ।
ऊता सामाजिक संन्जालमा पालिकाबासीले समेत स्थानिय सरकारको सत्ता र शक्तीको ऊन्मातमा गरिएको निर्णयको चर्को आलोचना र विरोध गर्दै आएका छन्। काग्रेसले गलत निर्णय तत्काल नसच्याए काग्रेस पालिकाबासीको पक्षमा,कोभिडको समयमा आफ्नो रपरिवारको समेत ज्यानको प्रवाह नगरी खटिएका कर्मचारीहरुको पक्षमा न्यायका लागी जस्तो सुकै मुल्य चुकाऊन तयार रहेको समेत धारणा विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ।


