नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठक अहिले बसिरहेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा जारी बैठकमा पूर्वस्थायी कमिटी सदस्य र प्रदेश इन्चार्ज सहभागीछन्। बैठकमा पदाधिकारी, स्थायी समिति सदस्य र पोलिट्ब्यूरोको टुंगो लगाउने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।
यसअघि आज बस्ने भनिएको माओवादी केन्द्रीय कमिटीको बैठक स्थगित भएको थियो।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गृहकार्य आवश्यक भएकाले आजको बैठक स्थगित भएको जानकारी दिए।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा असार १९ गते सुरू भएको माओवादी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफदिने कार्यक्रम थियो।
यसअघि बैठकमा बोलेका केन्द्रीय कमिटी सदस्यहरूले बैठक लम्ब्याएर भए पनि पार्टी पदाधिकारी चयन गर्नुपर्ने माग एक स्वरमाउठाएका थिए।
केन्द्रीय सदस्यहरूले आगामी संघीय संसद र प्रदेश सभाको चुनावमा कसरी जाने भन्नेबारे पनि फरक धारणा राखेका छन्। धेरैलेअहिलेकै सत्ता गठबन्धनलाई कायम राखेर चुनावमा जानुपर्ने बताएका छन् भने केहीले वृहत वामपन्थी तालमेल गरेर अघि बढ्नु पर्नेबताएका छन्।
यी सबै विषयमा प्रचण्डले जवाफ दिने भनिएको दिनको बैठक स्थगित भएको हो।
प्रचण्डका स्वकीय सचिव मल्लका अनुसार आज स्थगित भएको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।


