जेठ १९-बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा झडप भएको छ । पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्ने समूहलाई प्रहरीले रोकेपछि झडपको अवस्था आएको छ ।

प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्याँस र हवाई फायर गरिएको जिप्रका बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । डीएसपी न्यौपानेका अनुसार प्रहरीले ५ राउन्डभन्दा बढी हवाई फायर गरेको छ ।

स्थानीय प्रशासनले पूर्व राजाको शालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय