काठमाडौं ।
१४ पौष २००२ मा युवराज महेन्द्र र युवराज्ञी इन्द्र राज्यलक्ष्मी शाहको जेठा सन्तानका रुपमा जन्मिएका वीरेन्द्र बाबुको निधनपछि २०२८सालमा राजा भएका थिए । तर, २०५८ सालमा उनको हत्या भयो । उनीमात्र नभई पत्नी ऐश्वर्या, छोराहरु दीपेन्द्र र निराजन र छोरीश्रुतीको समेत मारिए । दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको सरकारी छानविन कमिटीको प्रतिवेदनले भनेको छ । तर, अझैपनिसर्वसाधारण यो पत्याउँदैनन् । वंशनाश नै भएको घटना थियो त्यो । नेपालको इतिहासकै कालो दिनका रुपमा लिइएको जेठ १९ माभएको घटनाबारे अझै शंका आशंका जिवित छ ।
अन्तर्राष्ट्रिय जगतमा नेपालका ऐतिहासिक विश्वविख्यात राजाका रुपमा परिचित भए । राजा वीरेन्द्र नेपाली राजशाहीपरिवारहरुमध्येबाट औपचारिक शिक्षा ग्रहण गर्ने पहिलो व्यक्ति थिए । उनले दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजअन्तर्गतको जेसटस्कूलमा आठ वर्ष अध्ययनको क्रममा बिताएका थिए ।
बेलायतस्थित इटन कलेजबाट अध्ययन पूरा गरी नेपाल फर्के । भेष बद्लेर नेपाली गाउँ–बस्ती र कुनाकाप्चासम्मको यात्रा गरे ।जसक्रममा उनले स्थानीय तहका उपलब्ध वस्तुहरुको उपभोग गर्दैै गाउँघर र गुम्बाहरुमा समेत रात बिताए । हावर्ड विश्वविद्यालयमाराजनीतिशास्त्रको अध्ययनपूर्व उनले टोकियो युनिभर्सिटीमा शिक्षा हासिल गरे । वीरेन्द्रको असाध्यै घुम्ने शोख नै थियो । उनले क्यानडा, ल्याटिन अमेरिका, अफ्रिका र केही संख्यामा एसियाली देशहरुसमेत घुमे । हेलिकप्टर उडाउन समेत सिके ।
राणा खानदानकी ऐश्वर्य राज्यलक्ष्मी देवी राणासँग उनको विवाह २७ फेब्रवरी १९७० मा सम्पन्न भयो । उनको विवाह समारोह यति भव्यर खर्चिलो थियो कि हिन्दु संस्कृतिअनुसार सम्पन्न उक्त वैवाहिक कार्यक्रममा ऐतिहासिकरुपमै अमेरिकन डलर साढे नौ मिलियन खर्चगरियो । वीरेन्द्र र ऐश्वर्यका तीन सन्तान थिए— दिपेन्द्र, श्रुति र निराजन । ती सबै दरबार हत्याकाण्डमा मारिए ।
३१ जनवरी १९७२ मा पिता महेन्द्रको स्वर्गारोहण पश्चात् वीरेन्द्रले राजगद्दी सम्हाले । उनको पालामा पञ्चायती व्यवस्था थियो ।पञ्चायती व्यवस्थाको अन्त भई जनआन्दोलनमार्फत् प्रजातन्त्र स्थापना भयो । राजा वीरेन्द्र प्रजातन्त्रवादी राजाका रुपमा लोकप्रीय भए। उनको बोली, व्यवहार र सालिनताले जो कोही प्रभावित हुन्थ्यो । लोकप्रीयताको शिखरमा पुग्दा राजा वीरेन्द्रको हत्या भयो । उनकोवंश नाश नै हुनेगरी भएको हत्या अझै रहस्यमय छ । हत्याको छानविन आयोगले प्रतिवेदन तयार गरेपनि त्यसमाथि प्रश्नहरु गरिएका छन्। तथ्य र प्रमाणहरु अझै प्रष्ट छैन । धेरैले हत्याकाण्डको दोषी पत्ता लगाउने जिम्मा इतिहासलाई छाडिदिएका छन् ।
राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको हत्याले नेपालको राजनीतिमा दूरगामी असर गर्यो । राजतन्त्रको अन्त गर्ने जगत यार गर्यो । देशमानसोचिएका घटनाक्रम विकास भए । यसले पनि हत्यामा कुनै ग्राइड डिजाइन रहेको आशंका गरियो । वीरेन्द्रको वंशनाश हुँदा प्रधानमन्त्रीरहेका गिरिजाप्रसाद कोइरालाले ग्रान्डडिजइन भने । तर, उनले पनि यसबारे केही खोलेनन् ।


