नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
२०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।
२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए।
त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।


