काठमाडौँ — गत स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो दल बन्दा त्यसको जस लिने एक प्रमुख नेता हुन्, कांग्रेस उपसभापतिपूर्णबहादुर खड्का । यस पटक उनकै नेतृत्वमा कांग्रेसको चुनावी रणनीति निर्माण तथा केन्द्रीय परिचालनको काम भएको थियो ।तर खड्काकै गृहजिल्ला सुर्खेतमा पार्टीभित्र अन्तरघात हुँदा कांग्रेसले महत्त्वपूर्ण स्थानीय तह गुमाएको छ ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका र खड्काको निर्वाचन क्षेत्रमा पर्ने भेरीगंगा नगरपालिकामा कांग्रेसलेमाओवादी केन्द्रलाई उपप्रमुख दिएर गठबन्धन गरेको थियो । ०७४ को निर्वाचनमा जितेका दुवै नगरपालिकामा कांग्रेस एमालेसँगपराजित भयो । ‘चुनावमा खुलेआम अन्तरघातमात्र होइन, गम्भीर राजनीतिक अपराध भएको छ,’ कांग्रेसका वीरेन्द्रनगर कार्यसमितिसचिव रमेश सापकोटाले भने, ‘अन्तरघातकै कारण सजिलै जितेको चुनाव पनि हार्नुपरेको छ ।’ वडास्तरबाट अन्तरघात गरेको पुष्टि हुनेभिडियो, अडियोहरू संकलन भइरहेका र छानबिन गरी कारबाहीका लागि सिफारिस गरिने उनले बताए ।
सुर्खेतमा पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी समूहमाथि अन्तरघातको आरोप लागेको छ । उम्मेदवारीमा ४० प्रतिशत हिस्सा मागेको उक्तसमूहले माग सम्बोधन नभएपछि आफ्नोतर्फबाट उम्मेदवारी दिएको थिएन । मनोनयन दर्ताको दिन वैशाख १२ मा महामन्त्री गगन थापालेफोन गरेर वीरेन्द्रनगरको नगर प्रमुखमा थानी समूहका युवा नेता नारायण कोइरालालाई उम्मेदवारी दर्ता गर्न भनेका थिए । तर कोइरालालेथापाको अनुरोध अस्वीकार गरेका थिए । नगर सचिव सापकोटाले असन्तुष्ट पक्षले उम्मेदवारी बहिष्कार गर्दै राप्रपा र एमालेलाई मतदानगरेको आरोप लगाए । ०७४ को निर्वाचनमा वीरेन्द्रनगर नगरप्रमुखमा ५ सय ५७ मत ल्याएको राप्रपाले यस पटक १० हजार मत कटाएकोछ । ‘राप्रपाको जनमत बढेको वा उम्मेदवार लोकप्रिय भएको कारणमात्र यति मत आएको होइन,’ सापकोटाले भने, ‘अधिकांश मतआफ्नै पार्टीको उम्मेदवारलाई हराउन कांग्रेसीले दिएका हुन् ।’
थानी समूहका नेता पूर्वजिल्ला सभापति कमलराज रेग्मीले आफूहरूले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन इमानदारीपूर्वकमिहिनेत गरे पनि हारेपछि गलत आरोप लागेको बताए । पार्टीको चौधौं महाधिवेशनमा देखिएको क्रियाशील सदस्यताको विवादले पनिअसर पारेको उनको भनाइ छ । ‘अन्तरघातको आरोपमा केही क्रियाशील सदस्यलाई कारबाही गर्ने भन्ने कुरा मैले पनि सुनेको छु,’ उनलेकान्तिपुरसँग भने, ‘पार्टीका लागि राम्रो गर्दागर्दै कारबाही भयो भने त्यतिबेलै बोलौंला ।’ वीरेन्द्रनगर–१० कांग्रेस कार्यसमितिले अन्तरघातगरेको भन्दै रेग्मीलगायत ६ जनालाई कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरको छ । रेग्मीलगायतलाई फोन गरी कांग्रेसउम्मेदवारलाई मत नदिन भनेको अडियो भेटिएपछि कारबाही सिफारिस गरिएको वडासभापति रवीन्द्रजंग शाहीले बताए ।


