सत्तागठबन्धनबाट काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन्।

आज बबरमहलमा कार्यक्रम गरेर उनले साँत बुँदे संकल्प सार्वजनिक गरेकी छन्।

उनले सेवा र सुशासनलाई प्राथमिकता दिने बताएकी छन्।

स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण गर्ने उनले बताएकी छन्।

महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने उनले बताएकी छन्।

साथै पैदलयात्री केन्द्रित सहरको विकास गर्ने पनि बताइन्। फुटपाथको व्यवस्थापन मिलाउने उनले बताइन्। युवा, महिला र सबै महानगरबासीका उद्यमशीलताको विकासका लागि सहजीकरण गर्ने उनको एजेन्डा छ।

सुकुम्वासी समस्या हल गर्ने उनले बताइन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय