नेपाली कांग्रेस गोरखाले ११ वटै पालिकामा मनोनयन दर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त, उपमेयर मसलीमाया थोकर (सपना पुन) ले उम्मेदवारी दर्ता गराएका छन् ।

पालुङटार नगरपालिकामा दिपक कंडेल र चेतकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ, सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारीले उम्मेदवारी दिएका छन् । भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीले उम्मेदवारी दिएका छन् ।

आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बनेका छन् ।

चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसबाट धनबहादुर गुरुङ, उपाध्यक्ष मेन्टोक छोकी लामाले उम्मेदवारी दिएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा उम्मेदवार बनेका छन् । यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा सर्मिला श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । अधिकासं अध्यक्ष, उपाध्यक्ष दोहोरिएका छन् ।

नेकपा माओवादी केन्द्र गोरखाले ११ वटै पालिकामा प्रमुख, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोईरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

पालुङटार नगरपालिका मेयरमा बिवस चिन्तन, उपमेयर बन्दना पाण्डेले उम्मेदवारी दिएका छन् ।

भिमसेन थापा गाउँपालिका अध्यक्षमा लोकप्रसाद बञ्जरा, उपाध्यक्ष जुनु श्रेष्ठ, अजिरकोटमा दिपक देवकोटा, अनिता भुजेल, धार्चेमा लक्ष्मण गुरुङ, सुनिला गुरुङ, बारपाक सुलिकोटमा यस अघिकै अध्यक्ष बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमल्सिना, उपाध्यक्ष पार्वती गुरुङ, शहीदलखन गाउँपालिका अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । यी दुबै दोहोरिएका हुन् ।

आरुघाट गाउँपालिकामा ऋषि खनाल, पार्वती सापकोटा, सिरानचोक गाउँपालिका अध्यक्षमा नवराज पुडासैनी, पूर्णकुमारी कंडेल, चुमनुब्री गाउँपालिका अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले गोरखाले सबै पालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारी दर्ता गराएको छ । जस अनुसार गोरखा नगरपालिकामा मेयर सम्झना देवकोटा, उपमेयर दिनेश तमुले उम्मेदवारी दिएका छन् ।

पालुङटार नगरपालिकामा मेयरमा हरी भट्ट र उपमेयरमा पार्वती पाठकले उमेदवारी दर्ता गराएका छन् । सिरानचोक गाउँपालिका प्रमुखमा देवराज श्रेष्ठ र उपप्रमुख सशी देवकोटा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा गिता पोखरेल र उपाध्यक्षमा शेखर न्यौपानेले उमेद्वारी दर्ता गरेको नेकपा एमाले गोरखाले जनाएको छ ।

त्यस्तै, बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा हरी बस्नेत, उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, भिमसेनथापा गाउँपालिका अध्यक्षमा सुरेश श्रेष्ठ र उपाध्यक्षमा रुपा भट्ट, आरुघाट गाउँपालिका अध्यक्षमा कृष्ण नेपाली, उपाध्यक्षमा सिता दाहालले उम्मेदवारी दिएका छन् ।

धार्चे गाउँपालिकाको अध्यक्षमा सुक बहादुर घले र उपाध्यक्षमा आशा गुरुङ, शहिदलखन गाउँपालिका अध्यक्षमा मनोज जोशी र उपाध्यक्षमा लुना थापा, गण्डकी गाउँपालिका अध्यक्षमा विष्णु पन्त र उपाध्यक्षमा रेनुका नहर्की र चुमनुब्री गाउँपालिका अध्यक्षमा सुक गुरुङ र उपाध्यक्षमा सानु गुरुङले उम्मेदवारी दर्ता गरेको नेकपा एमाले गोरखाका सचिव काजिराम रोकाले जानकारी दिए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय