नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरको उम्मेदवार राजनराज पन्तलाई बनाएको छ। मेयरको टिकट विश्वदीप श्रेष्ठलाई दिएपछि विवाद चर्किएको थियो।श्रेष्ठलाई टिकट दिएपछि पन्त समूहले कांग्रेस पार्टी कार्यालयमा तालासमेत लगाएको थियो। त्यस्तै असन्तुष्ट समूहले श्रेष्ठलाई बैंक रोडस्थित एक फोटो स्टुडियोमा फोटो खिच्दै गर्दा हातपात पनि गरेका थिए।

मेयरको टिकट पाएका पन्त विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। द्वन्द्व पीडितसमेत रहेका पन्तको हातका औँला तत्कालीन विद्रोही माओवादीले काटिदिएका छन्।

२०५७ साल फागुन १४ गते स्वतन्त्र विद्यार्थी यूनियनको चुनावका लागि निर्वाचनको आचारसंहिता बनाउने बैठक सकेर स्ववियू कार्यालय अगाडि आइपुगेका उनलाई एक्कासी माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए। निर्घात कुटपिटपछि मर्‍यो भनेर उनलाई फालिएको थियो। त्यही बेला उनको दाहिने हातको चोरी औंला माओवादी कार्यकर्ताले काटिदिएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय