नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गरेकी छन्।

सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर सिंहले उम्मेदवारी दर्ता गरेकी हुन्। सत्तारूढ गठबन्धनले भागबन्डा गर्दा काठमाडौं महानगरको मेयर कांग्रेसको भागमा परेको थियो।

काठमाडौंमा गठबन्धनबाट उपमेयर भने नेकपा (एकीकृत समाजवादी) ले पाएको छ। समाजवादीले रामेश्वर श्रेष्ठलाई बनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय