नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।
बैठककाबीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रातोपाटीलाई भनिन्, ‘काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत हुनुहुन्छ । भोलि विहान ११ बजेसम्म औपचारिक निर्णय हुन्छ ।’ ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यत: तीन जनाको नाममा छलफल भइरहेको उनको भनाइ छ । काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।


