गोरखा-  वैशाख ७ नेपाली काग्रेस गण्डकी गाँऊपालिका ७ नम्बर वडा कार्य समितिले आज मिति २०७९ वैशाख ७ गते एक प्रेस विज्ञप्तीका साथ सिन्गो वडा कार्यसमिति आसन्न स्थानिय तहको निर्वाचनमा गठबन्धनको विपक्षमा रहेको विषय सहितको ध्यानाकर्षण पत्र नेपाली काग्रेस गण्डकी गाँऊपालिका को कार्यालय र नेपाली काग्रेस जिल्ला पार्टी कार्यालय गोरखा लाई बोधार्थ राखेर सार्वजनिक गरेको छ।

साबिकको घ्याल्चोक गाविस नेका गण्डकी गाँऊपालिका वडा नम्बर ७ कार्यसमितिले पत्रमा देशभर भई रहेको चुनावी गठबन्धनको बारेमा मुल्याङकन गर्दा केन्द्रिय स्तरबाच जस्तो खालको निर्णय भई आएको छ। ऊक्त निर्णय तल्लो तहमा भने अत्यन्त मर्माहत र पिडादायी भएको खुलासा गर्दै आम नेपाली काग्रेसका नेता,कार्यकर्ता,शुभचिन्तकहरुले आफ्नो स्वविवेक प्रयोग गर्न नपाऊनुले नेपाली काग्रेसको राजनैतिक अस्तित्वनै समाप्त हुने त होईन भन्दै पत्रमा ऊल्लेख गरिएको छ।

वडा समितिले वडा तह सम्म गठबन्धन नगर्न र नगराऊन अनुरोध गर्नुका साथै आफ्नो वडाको हकमा कुनै पनि तवरमा गठबन्धन स्विकार नहुने र आफुहरु बिचल्लित नभई गठबन्धन आफ्नो निर्णय आफै गर्न समेत पछाडि नहट्ने भन्दै ध्यानाकर्षण गराएको पाईएको छ।

हेर्नुहोस ध्यानाकर्षण पत्र जस्ताको तस्तै

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय