गोरखा- वैशाख ६ – आसन्न स्थानिय तहको निर्वाचन अन्तर्गत गोरखा जिल्ला गण्डकी गाँऊपालिका अध्यक्ष पदमा नेपाली काग्रेस पार्टी बाट अध्यक्ष पदका लागी दाबी गर्दै आऊनु भएका नेका गण्डकी प्रदेशका आमन्त्रित सदस्य श्याम प्रसाद लामिछाने ले आफुलाई पार्टीले ऊम्मेदवारको रुपमा प्रस्तुत गर्नु पर्ने जनाँऊदै आफु निर्वाचित भए पश्चात ५ बर्षिय प्रतिबद्धताहरु सार्वजनिक गर्नु भएको छ।
लामोसमय शिक्षण पेशामा रहदा समेत जिल्ला तह देखि केन्द्रिय तह सम्म शिक्षक संघको महत्वपुर्ण जिम्मेवारीमा रहेर काम गरि सक्नु भएका लामिछाने गोरखा काग्रेस भित्र ईमान्दार,प्रष्टवक्ताको रुपमा समेत हेरिदै आएको पाईन्छ।
लामिछानेले तयार गर्नु भएका प्रतिबद्धता/प्रतिज्ञाहरु निम्न अनुसार रहेका छन्।
हाम्रो गाउँपालिका राम्रो गाउँपालिका ,पर्यटन तथा पुर्वाधार बिकास , संस्थागत क्षमता अभिवृद्धि , सुशासन , सामाजिक सुधार,आर्थिक बिकास गरी ५ खम्बे नितीगत उदेश्य सहित लामिछानेको प्रतिबद्धता।
१ , सुशासन र पुर्ण पारदर्शिता ।
२, बिकास निर्माणमा सबैको सहभागिता सहितको सरोकार सबै वर्गको अपनत्व ।
३, उत्कृष्ट नमुना(गण्डकी) गाउँपालिका ।
४, उपलब्ध स्रोत साधनको उच्चतम सदुपयोग स्रोतको खोजि र परिचालन ।
५ , गाउँपालिकाको यथार्थ अवस्था झल्कने दस्तावेज , योजना र कार्यान्वयन सहितको गाउँपालिका प्रोफाईल ।
६ ,सहज पहुँच सहित गाउँपालिका सबैको लागि ।
७ ,लोकतान्त्रीक पद्धति हाम्रो सम्पत्ति ।
८, शिक्षण सामग्री सहित एक झोला एक ल्याप्टप एक शिक्षक तथा प्राबिधिक शिक्षा हाम्रो आवश्यकता ।
९,आधुनिक तथा व्यावसायिक कृषि प्रणाली।
१०,जनप्रतिनिधि जनताको मनमनमा रहेर काम गर्न सक्ने वातावरणको सृजना (शासक नभएर सेवक हुने संकल्प)
११, पालिको स्रोत साधनबाट सम्पन्न हुन नसक्ने तर नगरि नहुने प्रत्यक्ष जनतासंग सरोकार राख्ने आबश्यक योजनाको पहिचान गरि संघ तथा प्रदेशको योजनामा समावेश गराई गाउँपालिकाको अल्पकालीन तथा दिर्घकालिन याोजना बनाइ काम गर्ने वातावरणको सृजना ।
१२,राष्ट्रिय गौरवको बुढिगण्डकी आायोजना निर्माण कार्य तत्काल अगाडि बढाऔँ अभियानको थालनी । प्रभावित क्षेत्रका बासिन्दाहरुको हक,अधिकारका लागी आयोजना र संघ संग समन्वय गर्ने ।
१३, नेपालको राजधानी काठमाडौं , नारायणगढ पोखरी सम्म सहज आवतजावत गर्नसकिने वातावरण सृजनाका लागि गण्डकी गापाको सिमाना बतासे भन्ज्याङ देखि सिउरेनिटार , फिस्लिङ तथा बुटारसम्मको लागि धुलो रहित सडक सुधार अभियान र बुटारमा मोटरवलपुल निर्माण । हरेक वडाबाट गापा सम्म सेवा लिग्न आऊनेहरुको लागी सुपथ मुल्यमा गापा अथवा निजि यातायात व्यवसायी संग समन्वय गरेर सुपथ सेवा प्रवाहको व्यवस्था। बोलेरो रिजर्भ गरेर आऊन पर्ने सास्ती,खर्चबाट सेवाग्राही लाई छुट्कारा। सम्भव हुदाँ सम्म प्रत्येक महिनाको एकपटक हरेक वडा बाट महत्वपुर्ण गापाका कामको समेत आवश्यकता हेरेर सेवा प्रवाह।
१४,पालिका गाउँ शिक्षा योजना ।
१५,पालिकाको आफ्नै प्रशासकीय भवन निर्माण ।
१६, पालिकाको सबै क्षेत्रको घरघरमा धारा अभियान सहित स्वच्छ पिउने पानीको व्यवस्था ।
१७, सिंचाइ सुविधा :महत्त्वपूर्ण कृषि योग्य जमिनहरुमा सिंचाइ सुविधा सहित व्यवसायिक कृषिमा ऊत्प्रेरित,चिस्यान केन्द्रहरुको निर्माण।
१८, मौरी पालन व्यवशाय,फलफुल खेती तिर अभिप्रेरित गर्दै आम जनतालाई आत्म निर्भर बनाऊने ।
१९, चेपाङग जातिको जीवन स्तर सुधार र सुरक्षित बसोबास सहित चेपाङ जाति लगायत आर्थिक रुपमा विपन्न वर्गका जनता आधारभुत आवश्यकताको परिपुर्ति गर्ने गराऊने।
२०, व्यवस्थित पशुपालन व्यवसाय बाख्रापालन ,भैंसी पालन , कुखुरा पालन र अन्य ।
२१, प्रत्येक वडामा विभिन्न प्रजातिका बोट विरुवा सहित बन तथा कृषि नर्सरी स्थापनाको लागि प्रोत्साहन
पर्यटन तथा पुर्वाधार बिकास , संस्थागत क्षमता अभिवृद्धि , सुशासन,सामाजिक सुधार आर्थिक बिकास।
२२, बुढिगण्डकी जलविधुत आयोजना प्रभावित क्षेत्र बाहिर वरीपरी रिङगरोडको निर्माण,वृक्षारोपण, पार्क,बँगैचा,मठ मन्दिर,स्तुपा, आधुनिक घाटको व्यवस्था।
२३, स्वास्थ सेवा अस्पताल निर्माण , अस्पताल तथा प्राथमिक उपचार केन्द्र स्वास्थ्य चौकिहरुमा डाक्टर तथा स्वास्थ्यकर्मिको व्यवस्था सहित सुलभ स्वास्थ्य उपचारको व्यवस्था , र आवश्यकताका आधारमा थप उपचार केन्द्र संचालन गर्नुपर्ने स्थिति ।
२४,आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि भुङ्लिचोकको पोखरी फुजेलको भैरवीथान देखि ताङ्लिचोकको गौरापर्वत क्षेत्र मा पोखरी निर्माण , बगैंचा तथा पार्क निर्माण मठमन्दिर गुम्बा लगायत सबै धर्मावलम्बीहरुको देवालयहरु संरक्षण तथा सम्बर्द्धन गर्नु पर्ने अवस्था हाेम स्टे , होटल व्यवशायप्रति प्रोत्साहन ।
२५, नयाँ नयाँ रोजगार क्षेत्र को खाेजि पालिकाकै क्षेत्रमा रोजगारी श्रृजना गर्दै बिदेशिने जनशक्तिलाई स्वदेशमै राेजगारि दिन सक्ने स्थितिकाे सृजना ।
२६, संघसंस्था तथा सहकारी व्यवस्थापन क्षमता विकास कार्यक्रम समेतलाई ध्यान दिनु पर्ने स्थिति ।
२७, तथ्यांकिय व्यवस्था वढि व्यवस्थित र व्यवहारिक बनाउने ।
२८, सूचना र संचार क्षेत्रमा आवश्यकता अनुसार विकाश गर्ने ।
लामिछानेले यस अघि समेत आफ्ना धारणाहरु सार्वजनिक गर्दै गण्डकी पार्टी भित्र कार्यकर्ताहरुको परिवर्तनको पक्षमा रहेको आवाज लाई जिल्ला,प्रदेश र केन्द्रमा रहनु भएका नेतृत्वगढहरुले सुन्नु पर्ने न्याय गर्नु पर्ने धारणा समेत व्यक्त गर्नु भएको छ।साथै लामिछानेले गापा बाट पाँऊने सेवा,सुविधा समेत गापा भित्रको विकाशको लागी नै खर्च गर्ने आफु नलिने घोषणा गर्नु भएको छ।


