चितवन-वैशाख ६ नेपाल विद्यार्थी संघ को ५३ औं स्थापना दिवसको अबसरमा ने.बि संघ शहिद स्मृति बहुमुखी क्याम्पस इकाई ले शुभकामना आदानप्रदान,चियापान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

ने.बि संघ केन्द्रिय समितिले स्थानीय निर्वाचन लक्षित कार्यक्रम गर्न सम्पुर्ण इकाई लाई परिपत्र जारी गरेको थियो।उक्त परिपत्र अनुसार ने.बि संघ शहिद स्मृति बहुमुखी क्याम्पस इकाई ले कार्यक्रम सम्पन्न गरेको इकाई सचीव अमिर बाबु खनाल ले जानकारी गराउनु भयो।
कार्यक्रम को प्रमुख अतिथि नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ (ख) का सभापति गोबिन्द गौतम,विशिष्ट अतिथि नेपाली काग्रेस रत्ननगर नगर सभापति प्रलाद सापकोटा, क्षेत्र नम्बर १ का सचीव उमेश गिरि लगाएत का नेताहरुको उपस्थिति रहेको थियो।
नेताहरुले ने.बि संघ को स्थापना दिवसको अबसर मा शुभकामना व्यक्त गर्दै आउदो स्थानीय तहको निर्वाचन मा पाटिका हरेक क्षेत्रमा ने.बि संघ को विशेष भुमिका रहने र विधार्थिहरु लाई आ-आफ्नो वडा,पालिकामा निर्वाचन प्रचार प्रसार गर्न र पार्टीका ऊम्मेदवारलाई जिताऊन खटिन अनुरोध गर्नु भएको जानकारी हुन आएको छ।
कार्यक्रम मा विद्यार्थीहरु ले संगीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए।कार्यक्रम को सभापतित्व नेपाल विद्यार्थी संघ शहिद स्मृति बहुमुखी क्याम्पस इकाई सभापति तथा नेपाली काग्रेस चितवन निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय सदस्य समेत रहनु भएका विबेक उदासले गर्नु भएको जानकारी प्राप्त हुन आएको छ।


