पोखरा – नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ। वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो।

मेयरका लागि यसअघि काँग्रेसलाई सघाएर उम्मेदवारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ। यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजीत गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिएका छन्।

त्रिपाठी अहिले अनेम सङ्घ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन्। ‘गठबन्धनसँग छलफल भैरहको छ। यहाँ कसले टिकट पाउने टुङ्गो भएको छैन,’ इन्चार्ज दीपक कोइरालाले भने, ‘हामी एक्लै लड्नु परे पनि तयारी अवस्थामा रहेका हौँ।’

तर कास्की काँग्रेसले एक विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग तालमेल गर्न नसक्ने जनाएको छ। काठमाडौँमा आज बसेको गठबन्धन दलहरूको बैठकमा पनि पोखरा महानगरबारे सहमति जुट्न सकेन।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय