बिक्कु पोख्रेल/पर्वत : पर्वत जिल्लाको फलेवास नगरपालिकामा अवस्थित थापाठाना बजारमा पाइने नेपालकै स्वादिलो चटपट
थापाठाना , पर्वत :- पर्वत जिल्लामा रहेकी गीता छेत्रीले बनाएको चटपट एकदमै राम्रो र स्वादिलो मान्दै ग्राहकहरु बताउँदै आएका छन्। उनी यस पेसामा लाको करिब दुई वर्ष हुन लाग्यो। उनको घर पर्वत जिल्लाको भाँगरामा भए पनि उनी आफ्नो रोजी रोटीको लागि थापाठाना बस्दै आएकी छन्। उनको परिवारमा उनको श्रीमान र उनको २ ओटा नानी बाबुहरु रहेका छन्। उनकी नानी पढाइमा निकै अवल छिन्। उनकी छोरी कक्षा २ मा अध्ययन गर्दै आएकी छन् र उनको बाबु भर्खर शिशु कक्षामा अध्ययन गर्दै छन्।
उनको श्रीमान नानी बाबुको लागि भनी विदेश पलायन भएका छन्। उनका श्रीमान विदेश काम गरेता पनि उनी आफ्नो कमाइ आफै निकालेकी छन्। उनको कमाइ बापत उनी आफ्नो छोरा छोरीलाई मजाले बोर्डिङ्ग स्कूलमा पढाउदै आएकी छिन्।
उनी भन्छिन् ” मेरो श्रीमान् विदेश पलायन भए पनि मैले आफ्नै चटपट व्यवसायबाट छोरा छोरीलाई पढाउन सकेकी छु।” उनले बनाएको चटपट एकदमै राम्रो हुँदा पर्वत जिल्लाको धेरै मानिसहरू उनकोमा खाना आउने गर्दा छन।
उनकोमा ग्राहकहरु खाना आउँदा उनले बनाएको चटपट एकदमै स्वादिलो र केही असर नहुने गरी बनाएको बताएका छन्। उनको चटपट बनाउने तरिका अरूले बनाउने भन्दा बेग्लै रहेको पाइएको छ। उनीले रु.२० भन्दा माथिको चटपट बनाउने गर्छिन र उनले बनाएको चटपट नीकै धेरै दिने हुँदा उनकोमा खाना आउने ग्राहकको घुइँचो लाग्ने गर्दछ।
उनी आफ्नो पसल बिहान १०:०० बजे खोल्ने गर्छिन र बेलुका ५:०० वा ६:०० बजे बन्द गर्ने गर्दछिन्। उनी बिहान पसल खोले पछि उनकोमा ग्राहकहरु नीकै आउने गर्दछन र उनको चटपट खाना लाइन लाग्ने गर्नु पर्दछ।


