गोरखानेपाली काग्रेस पार्टीको तर्फबाट गण्डकी गाँऊपालिका अध्यक्ष पदका लागी दाबी गर्नु भएका श्याम प्रसाद लामिछानेले आमकार्यकर्ता सामान्य मतदाताको भावना बुझेर नै नेपाली काग्रेस बाट गण्डकी गाँऊपालिका अध्यक्ष पदको लागी आफुले दाबी  प्रस्तुतगर्नु भएको विषय जानकारी गराऊनु भएको छ।


  साबिकको ताङलीचोक गाविस हाल वडा नम्बर निवासी लामो समय शिक्षक पेशामा आबद्ध रहेर लोकतन्त्र,प्रजातन्त्रका लागिनिरन्तर संक्रिय रुपमा काम गर्दै आऊनु भएका शिक्षक संघको कर्मठ सदस्य, ट्रेड युनियन काग्रेस गोरखाका पुर्व सचिव तथा अध्यक्ष, हाल नेपाल ट्रेड युनियन काग्रेसको महाधिवेशन प्रतिनिधि तथा बालश्रम विभागको केन्द्रिय सहअध्यक्ष, वि.सं २०५४ साल देखि नेका को सक्रिय सदस्य रहनु भएका लामिछाने नेपाली काग्रेसको १४ महाधिवेशन अन्तर्गतगण्डकी प्रदेश अधिवेशन प्रतिनिधि हुदै हालै नेपाली काग्रेस गण्डकी प्रदेशमा  आमन्त्रित सदस्य समेत हुनु हुन्छ।

नेका को तर्फबाट गण्डकी गाँऊपालिका अध्यक्ष पदको लागी लामिछाने संगै अन्य जनाको समेत दाबी परेको छ।जस मध्य नेका गोरखाका पाका नेता भिम अर्याल,तुलाराम दाहाल, सफल पर्यटन व्यवसायी नेका गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर का निवर्तमान पार्टी सचिव धुर्व खनाल, नेका गोरखा जिल्ला कार्ससमिति सदस्य दिनेश पन्त, महासमिति सदस्य जुझारु युवा नेतृजानुका पन्त नेका गण्डकी गाँऊपालिका सभापती/ गण्डकी गाँऊपालिका बहालवाला अध्यक्ष होम बहादुर राना समेत पुन दोहोरिनेचाहना रहेको भन्दै दरखास्त दिनु भएको काग्रेस स्रोतले जनाएको छ।

लामिछाने नेपाली काग्रेस पार्टीले आफुलाई गण्डकी गाँऊपालिका अध्यक्ष पदको ऊम्मेदवार बनाएर राजनितिक न्याय गर्नुका साथै आमकार्यकर्ता मतदाताको भावनाको सम्मान हुने काममा पार्टी पङगतीले काम गर्नुपर्ने धारणा समेत व्यक्त गर्दै आऊनु भएको छ। लामिछानेआफु जनताको घरदैलोमा पु्ग्दा धेरै पार्टीका समकालिन साथीहरु,वडा तहका नेता कार्यकर्ताहरुले एकपटक नेतृत्व गरिदिन आत्मादेखिनै अनुरोध गरेको जनताको भावना अनुसार साथीहरुले काम गर्न नसक्नु भएको आभास आफुमा परेकोले नै यसपटक आफ्नो दाबीरहेको जानकारी गराऊनु भएको छ।

गण्डकी गाँऊपालिका काग्रेस भित्र गाँऊपालिका पार्टीको अधिवेशन  ताका समेतएक व्यक्ती एक जिम्मेवार पदिय जिम्मेवारीकोबिषयमा ठुलो बहस को विषय बनेकोले यस पटक गण्डकी काग्रेसमा  अध्यक्ष ऊम्मेदवारमा नयाँ अनुहारको सम्भावना बढेको देखिन्छहुनत अधिवेशन ताका सभापतीका प्रत्यासीहरु बिच ,सभापती हुनेले बर्ष पार्टी संगठनको काममा व्यस्थ हुनु पर्ने भएकोले जो हुदाँपनि अध्यक्ष ऊम्मेदवारको दाबी नगर्ने भद्र सहमती भएको अधिवेशन ताका चर्चा भएको थियो त्यसैले पनि सभापती राना मगरले जनानयाँ अनुहार मध्ये  कसको पक्षमा लभिङग गर्नु हुन्छ त्यो नै बलियो ऊम्मेदवार हुन सक्ने समेत देखिन्छ। आम कार्यकर्ता पङगतीमा भनेयस पटक गापा अध्यक्ष ऊम्मेदवार छनोट प्रक्रियामा पहिलो स्थानिय तह निर्वाचनमा आफ्नो वडा जिताऊन सफल ऊम्मेदवारकाप्रत्यासीहरु लाई प्राथमिकताका आधारमा  पहिलो सुचिमा राख्नु पर्ने विषय समेत विभिन्न समयमा चर्चा परिचर्चा हुदै आएको पाईन्छ।

गण्डकी काग्रेसको अधिवेशन ताका गाँऊ पालिका पार्टीमा सबै वडामा सम्मान जनक पदाधिकारी सदस्यहरु चयन नभएको विषय समेतचर्को असन्तुष्टि भएकोले यस पटक गण्डकीमा काग्रेसले हरेक तहको ऊम्मेदवार छनोटमा ध्यान दिन पर्ने देखिन्छ।गण्डकी काग्रेसका युवादेखि पाका नेताहरु समेत  जिम्मेवारीहरु बाँडफाँड गरेर गर्दानै विकाश समृद्धीको पक्षमा काम गर्न सक्ने भएकोले यसपटक सबैकोसहभागिता सहित गण्डकी काग्रेसलाई बलियो बनाऊन लाग्नु पर्ने धारणाहरु व्यक्त हुदै आएको छ। आम गण्डकी गापाका काग्रेसलाईमाया गर्नेहरु नयाँ अनुहारलाई ऊम्मेदवारको रुपमा लिगेर जनताको घरदैलोमा लेर जान आतुर रहेकोले पार्टीले आफुहरुको भावनाअनुसार निर्णय गर्नेमा विश्वस्त रहेको एक गण्डकीका प्रभावशाली युवा नेताले हाम्रो सम्पर्कमा बताऊनु भएको छ।

अध्यक्षका दाबी गर्दै आऊनु भएका लामिछानेले जलाशय  युक्त बुढिगण्डकी जलविधुत आयोजना क्षेत्रको केन्द्र बिन्दु गण्डकीगाँऊपालिका भएकोले अब गण्डकी नेतृ्त्व गर्नेले सय बर्ष पछाडिको विषयलाई सोचेर काम गर्नुका साथै स्थानिय स्तरमा आवश्यकशिक्षा,स्वास्थ्य, खानेपानी,पक्की सडक,कृषिमा क्षेत्रमा आधुनिकिकरण,बिजुली, बुढिगण्डकी डुबान प्रभावित क्षेत्रको ऊचितबसोबासको लागी समन्वय, निजि स्रोतमा रहेका शिक्षकहरुको कटौती, गाँऊपालिकाको प्रशासकिय भवन, हरेक वडा बाट गापा सम्मजाने पक्की सडक सञ्जाल, गाँपा भित्र रोजगारीको सिर्जना, आन्तरिक बाह्य पर्यटन प्रवर्द्धनको लागी काम लगाएत आफु संग थेरैकिसिमका गाँऊपालिकाको विकाशका प्रपोजल भएकोले आफु सबै भन्दा बलियो ऊम्मेदवार भएको  दाबी गर्दै आऊनु भएको छ।

लामिछानेले केहि दिन भित्रनै आफ्नो घोषणापत्र समेत सार्वजनिक गर्ने तयारी गर्नु भएको समेत जानकारी हुन आएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय