जापान- नेपाली जनसम्पर्क समिति जापानका पुर्व सभापती नारायण सुवेदी बसोबास गर्दै आऊनु भएको क्षेत्र निगाता प्रिफेक्चरमा खसी काटेर खाने कार्यक्रम राखेर नेपाली जनसम्पर्क जापान क्षेत्रिय समिति निगाताको अधिवेशनको प्रपञ्च रचिएको तथ्यहरु खुलेको छ।
करिब ३/४ सयको हाराहारीमा छन् भनिएको अवैध क्रियाशिल सदस्यहरुमा पनि २०/२२ जना लाई खसीको मासु खुवाऊने लोभ देखाएर ऊपस्थित हुन अनुरोध गर्दै निमन्त्रणा गरेको स्टाटस तल कमेन्टमा देखिएको तथ्य खुलेको छ।

विधि र विधान पक्षधरहरुले भने आफुहरु अधिवेशनको विरोधी नभएको तर संगठनका आधारभुत आवश्यकता क्रियाशिल सदस्यको कुनै टुन्गो नगाई गरिने क्षेत्रिय अधिवेशनहरु सबै विधि विधानको भाव र मर्म विपरित भएको दाबी गर्दै त्यस्ता प्रक्रियाबाट भएका अधिवेशनहरु स्विकारे नहुने र संगठन ध्वस्त बनाऊन लागि परेका गिरोहहरुको कुरा सुनेर स्वाभिमानी कार्यकर्ताहरु लाई साथ नदिन अनुरोध गरेको छ।

 

नेजसस जापानमा व्यथिति भित्र्याऊन खोज्ने यस्ता गिरोहहरुलाई छैटौ अधिवेशनका सभापती द्वय डिपी कँडेल र रोशन केसीले समेत साथ दिएको भन्दै सामाजिक संजालमा चर्को आलोचना हुदै आएको पाईएको छ।
लामो समय देखि बिबादको भुमरीमा फसेको नेपाली जनसम्पर्क समिति जापानमा विधि विधानलाई धज्जी ऊडाऊदै हिडेको भन्दै संगठनमा विधि विधान स्थापित गर्न छैटौ अधिवेशन बाट आएको नेतृत्वलाई पटक पटक संगठन भित्र मौलाऊदै गएको व्यथिति विसंगतीलाई तत्काल रोक्न र नेजसस जापानको ७ औ अधिवेशनको नाममा नेका को १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पठाऊन गरिएका गलत कृयाकलाप ,क्रियाशिल सदस्यको विवरण सार्वजनिक गर्न,रित नपुर्याई जथाभावी भरिएका क्रियाशिल सदस्यहरुको छानबिन गर्न, संगठन भित्र आर्थिक पार्दशिता देखाऊन, अवैध केन्द्रिय कार्यसमिति संग अधिवेशन गर्ने कुनै वैधानिक आधार नभएकोले ऊच्च स्तरीय अधिवेशन तयारी समिति बनाएर मात्र अगाडि बढ्न अनुरोध गरेपनि पार्टी र संगठनको नाम भजाएर नाङगै हिड्न पुर्व सभापती देखि लिगेर कँडेल र केसी लागेको चौथो पटक सम्म वार्तामा बसेर वार्ताको टेबल बाट भागेको आरोप कँडेल र केसी लाई लाग्दै आएको छ।

आफ्ना करिब ४/५ महिना देखिका एकता सहितको नेपाली जनसम्पर्क समिति बनाऊन धैर्यता सहितका माग राखेपनि विधि,विधान मिचेर हिडेको भन्दै विधि विधानपक्षधरहरुले यहि अप्रिल १६ र १७ तारिख टोकियोमा “क्वालिटी बैठक” नाम दिएर बैठक बोलाएको छ। बैठकमा विभिन्न क्षेत्रबाट नेपाली जनसम्पर्क समिति जापानमा आबद्ध नेता,कार्यकर्ताहरुको ऊपस्थित हुने तयारी भईरहेको एक विधि र विधान पक्षधरका सदस्यले जानकारी दिनु भएको छ।

हेर्नुहोस करिब २/३ सय अवैध क्रियाशिल सदस्य छ भनिएको निगाता क्षेत्रको अधिवेशनमा भएको ऊपस्थिति जस्ताको त्यस्तै फोटो स्रोत : नेजसस जापान विधि विधान पक्षधर

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय