चैत्र २६, २०७८ काठमाडौ – नेपाली कांग्रेस पार्टीले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार प्रसार उपसमिति र ऊपसमिति अन्तर्गत प्रवास मिडियासमन्वय सञ्जाल गठन गरेको छ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा २०७८ चैत्र २२ गतेबसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीहरु मार्फत आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकोपक्षमा प्रचार–प्रसार अभियानलाई ब्यापक पार्न नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समितिअमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसारउपसमिति र गौतम दाहालको (अमेरिका) को संयोजकत्वमा नेका स्थानिय तह निर्वाचन प्रवास समन्वय प्रचार प्रसार ऊपसमिति अन्तर्गतप्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो ।
ऊपसमितिमा प्रवासमा रहेका ५ जना गोरखालीहरुलाई समेत सदस्य पदमा मनोनित गरिएको काग्रेस स्रोतले जानकारी गराएको छ।जसमा अमेरिका बाट कृष्ण लामिछाने, बेलायत बाट विनय अधिकारी, कुमारी गुरुङ , जापान बाट विराट खनाल र ईजरायल बाट खगेश्वर अधिकारी रहनु भएको छ।
कृष्ण लामिछाने:

नेका को १४ औँ महाधिवेशमा नेपाली जनसम्पर्क समिति अमेरिका बाट महाधिवेशन प्रतिनिधि हुनु भएका लामिछाने परिवार संगैव्यवसायीक शिलसिलामा अमेरिका रहदै आऊनु भएको छ, साबिकको नाम्जुङग गाविसमा जन्मेर कर्मथलो अमेरिका बनाऊदै आऊनुभएका लामिछाने विभिन्न सामाजिक संघ संस्थामा आबद्ध हुनुका साथै नेजसस अमेरिकाको संस्थापक महासचिवको जिम्मेवारी समेतसमालि सक्नु भएको छ , प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजका संरक्षक लामिछाने एनआरएनए अभियानमासमेत संक्रिय रहनुका साथै एनआरएनए अमेरिकाको गत अधिवेशनमा अध्यक्ष पदका लागी भएको निर्वाचनमा झिनो मतले ऊप विजेताहुनु भएको थियो। ऊहाँ स्थानिय तह निर्वाचन प्रवास समन्वय प्रचार प्रसार ऊपसमिति अन्तर्गत अमेरिका बाट सदस्य पदमा मनोनित हुनु भएको छ।
विनय अधिकारी :

जन्मथलो साबिकको फुजेल गाविस हाल बेलायत निवासी अधिकारी नेजसस बेलायतको सल्लाहकार, गैर आवासिय नेपाली संघको १०औँ विश्व सम्मेलनबाट ऊप– महासचिव पदमा निर्वाचित हुनुका साथै प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजकोअध्यक्षको कार्यभार समेत समाल्दै आऊनु भएको छ। प्रवासी गोरखालीहरुको आईकनको रुपमा रहनु भएका अधिकारी व्यवसाय संगैपत्रकारिता पेशामा समेत आबद्ध हुनु हुन्छ 24newspress का निर्देशक ,Nrna khabar का न्युज ईडिटरको भुमिकामा रहेर समेतकलम चलाऊदै आऊनु भएको पाईन्छ, स्थानिय तह निर्वाचन प्रवास समन्वय प्रचार प्रसार ऊपसमिति अन्तर्गत प्रवास मिडिया समन्वय सञ्जालको सदस्य पदमा बेलायत बाट प्रतिनिधित्व गर्दै मनोनित हुनु भएको छ।
कुमारी गुरुङ:

सिरान्चोक गापा स्थायी बसोबास भई हाल बेलायतमा बसोबास गर्दै आऊनु भएकी गुरुङ नेजसस बेलायत बाट नेका १४ औँ महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुनु हुन्छ।विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल गुरुङ ग्लोबल गोरखा समाजको संस्थापक ऊपाध्यक्ष भएर सफल कार्यकाल सम्पन्न गर्नु भएको छ। हाल मातृभुमीमा नै पार्टीको निर्वाचन प्रचार प्रसारमा समेत संक्रिय देखिदै आऊनु भएको पाईन्छ। ऊहाँ ऊपसमिति अन्तर्गत सदस्य पदमा बेलायत बाट मनोनित हुनु भएको छ।
विराट खनाल :

गण्डकी गाँऊपालिका वडा नम्बर ५ साबिक दर्बुङ गाविसमा जन्मनु भएका खनाल हाल अध्ययन पश्चात रोजगारीको सिलशिलामाजापानलाई कर्मथलो बनाऊदै आऊनु भएको छ। समाजमा रहेका विकृती,विसंगती र गलत क्रियाकलाप विरुद्ध खरो रुपमा कलमचलाऊने खनाल दैनिक सवाल डटकमका प्रबन्धक, सिमपानी न्युज डटकमका न्युज रिपोर्टरको रुपमा समेत काम गर्दै आऊनु भएकोपाईन्छ, जापान प्रवेश संगै नेजसस जापानलाई नजिक बाट नियाल्दै आऊनु भएका खनाल अग्रज र धेरै साथीहरु संग मिलेर नेजससजापानमा हाल भित्रयाऊन खोजिएका गलत प्रवृती विरुद्ध संघर्षरत रहनु भएको बुझिन्छ, गोरखा समाज जापानको सचिव, ग्लोबलगोरखा समाजको सचिवको रुपमा समेत खनाल सामाजिक संघ संस्थामा क्रियाशिल देखिदै आऊनु भएको छ। ऊहाँ स्थानिय तहनिर्वाचन प्रवास समन्वय प्रचार प्रसार ऊपसमिति अन्तर्गत प्रवास मिडिया सञ्जाल सदस्य पदमा जापान बाट मनोनित हुनु भएको छ।
खगेश्वर अधिकारी :

ईजरायलमा रोजगारीको सिलसिलामा रहनु भएका अधिकारी साबिक मंकैसिह गाविस निवासी हुनु हुन्छ, नेजसस ईजरायल सभापती नेका१४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुनु भएका अधिकारी विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल हुदैआऊनु भएको छ, ग्लोबल गोरखा समाजको सदस्यको जिम्मेवारीमा रहनुका साथै हाल ऊहाँ स्थानिय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार ऊपसमिति अन्तर्गत सदस्य पदमा ईजरायल बाट मनोनित हुनु भएको छ।


