गोरखा- स्थानिय तहको निर्वाचन नजिकिए संगै देशभर विभिन्न दलबाट ऊम्मेदवारहरुको चर्चा परिचर्चा हुन थालेको छ। सरकारले स्थानिय तहको निर्वाचन यहि मिति २०७९ वैशाख ३० गतेलाई तोकेको छ।गोरखा जिल्ला गण्डकी गाँऊपालिका ऊपाध्यक्ष पदका लागी नेपाली काग्रेस पार्टीको तर्फबाट ३ जना नेतृहरुले ऊम्मेदवार हुन दरखास्त दिनु भएको गण्डकी काग्रेस स्रोतबाट जानकारी हुन आएको छ।
दरखास्त दिनु हुनेमा गण्डकी गाँऊपालिका वहालवाला ऊपाध्यक्ष नेका गोरखाकी मनोनित जिल्ला कार्यसमिति सदस्य ललिता अधिकारी (मकैसिंह) , नेपाल मुस्लिम संघकी केन्द्रिय सदस्य, नेका गोरखा जिल्ला कार्यसमिति सदस्य रजनी मिया (घ्याल्चोक)र नेका १४ औ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश प्रतिनिधि रीता अधिकारी (मकैसिंह)ले गाँऊपालिका पार्टीको तर्फबाट ऊपाध्यक्ष पदका लागी दरखास्त पेश गरेको जानकारी हुन आएको छ।
सत्ता साझेदार दलहरु बिच स्थानिय तहको निर्वाचनमा गठबन्धन हुने विषयको चर्चा भएपनि गठबन्धनको खाका कस्तो हुने भन्ने विषयमा अझै अन्यौलता रहेकोले नेता,कार्यकर्तामा भने निर्वाचन लाई लिगेर गण्डकी काग्रेसमा भने खासै ऊत्साह नदेखिएको गण्डकी काग्रेस स्रोतले जानकारी गराएको छ।
कार्यक्रममा नेता कार्यकर्ताहरुले गण्डकी काग्रेस निर्वाचनको लागी एक्लै जान सक्षम रहेको तर टेस्टेड ऊम्मेदवार भन्दा अनटेस्टेड ऊम्मेदवार प्रति आम जनता र कार्यकर्तामा विश्वास हुने धारणा व्यक्त गर्नुका साथै आम नेता कार्यकर्ताहरुको धारणा नयाँ नेतृत्व पार्टीले दिन पर्ने, ऊम्मेदवार छनोट प्रक्रियामा गत स्थानिय निर्वाचनमा आफ्नो वडा जिताऊन सफल भएकाहरु लाई ऊम्मेदवार मापन प्रक्रियामा प्राथमिकताको आधारमा पहिला राख्न पर्ने, संगठनको सुदृढिकरण भएका ठाँऊ बाट प्रतिनिधित्व भई आएका ऊम्मेदवारी र “एक व्यक्ति एक जिम्मेवार पदिय जिम्मेवारी” लाई आधार बनाएर पार्टीले ऊम्मेदवार दिन सक्दा मात्र आम पार्टी कार्यकर्तामा पार्टी नेतृत्वप्रति थप विश्वास हुने र न्युटल जनताको मत समेत काग्रेस तिर आकर्षित हुने धारणाहरु समेत व्यक्त भएको गण्डकी काग्रेस स्रोत बाट जानकारी हुन आएको छ।


