गोरखा  – गोरखा जिल्ला गण्डकी गाँऊपालिका अध्यक्ष पदका लागी नेपाली काग्रेस पार्टी बाट जना व्यक्तीहरुको दाबेदारी रहेको जानकारी हुनआएको छ। हिजो मिति २०७८ चैत २२ गते गाँऊपालिका पार्टीले पार्टीको तर्फबाट ऊम्मेदवार हुन चाहनेहरुले वडा नम्बर पाँतिस्वारामा ऊपस्थित भएर दरखास्त पेश गर्न केहि दिन अगाडि सुचना सार्वजनिक गरेको थियो

देशभर सत्ता साझेदार दलहरु बिच गठबन्धन गरेर जाने विषय चर्चा परिचर्चा हुदै आएको भएपनि गण्डकी गाँऊपालिका काग्रेसको हिजोभएको कार्यक्रममा भने अधिकाश नेता,कार्यकर्ताहरु गठबन्धनको विपक्षमा आफ्ना विचार राख्नुका साथै गठबन्धन हुने अवस्थामा केहि वडाहरुले  ऊम्मेदवारहरुको सिफारिस गर्न आफुहरु असमर्थ रहेको सम्पुर्ण वडा पार्टीको राय सल्लाह,सुझाव नलिगी  गठबन्धनका विषयमा धारणा नबनाऊन गण्डकी गाँऊपालिका अध्यक्ष  नेका गण्डकी गापा पार्टी सभापती होम बहादुर राना मगर लाई ऊपस्थित नेता,कार्यकर्ताले सुझाव दिनु भएको विषय समेत जानकारी हुन आएको छ।

गण्डकी गाँऊपालिका काग्रेसबाट अध्यक्ष पदका लागी नेपाली काग्रेस बाट पाका नेता देखि युवा नेताहरुले समेत दाबेदारी गर्नु भएको जानकारी  हुन आएको छ। दरखास्त दिनु हुनेमा नेका का पाका नेता भिम अर्याल (साबिक ताङगलीचोक गाविस) तुलाराम दाहाल (फुजेल) , शिक्षक संघमा रहेर लामो समय पार्टी संगठनमा ऊत्कृष्ठ काम गरिसक्नु भएका नेका गण्डकी प्रदेशका आमन्त्रित सदस्य  श्याम प्रसाद लामिछाने (ताङलीचोक) युवा पर्यटन व्यवसायी सामाजिक व्यक्तित्व नेका गोरखा निर्वाचन क्षेत्र नम्बर  का निवर्तमान पार्टी सचिव धुर्व प्रसाद खनाल (दर्बुङ), नेका गोरखा जिल्ला कार्यसमिति सदस्य दिनेश पन्त(ताङलीचोक), नेपाल विधार्थी संघ बाट संक्रिय राजनिति यात्रा शुरुवात गरेकी नवनिर्वाचित महासमिति सदस्य युवा नेतृ  जानुका पन्त (फुजेल) ले दरखास्त दिनुभएको भने गण्डकी गाँऊपालिका बहालवाला अध्यक्ष, नेका गण्डकी गाँऊपालिका सभापती समेत रहनु भएका होम बहादुर राना मगर( भुम्लिचोक) ले पुन आफु एकपटक दोहोरिन चाहेको विषय सहित दरखास्त दर्ता गर्नु भएको विषय जानकारी हुन आएको छ।

हिजो बसेको बैठकमा ऊम्मेदवारहरुको विषयमा कुनै टुन्गो नलागेको पार्टी माथिल्लो निकायमा पठाऊने गरी बैठक सकिएको भएपनिकेहि नेता कार्यकर्ताहरुले आगामी नेतृत्व गठबन्धनको विषयमा आफ्ना धारणाहरु राख्नु भएको जानकारी हुन आएको छ।

क्रमश नेपाली काग्रेस गण्डकी गाँऊपालिका बाट गण्डकी गाँऊपालिका अध्यक्ष पदका आकाक्षीहरुको धारणा यस प्रकार रहेको विषयकाग्रेस स्रोतबाट हामीलाई जानकारी हुन आएको छ।

, भिम अर्याल :  ताङलीचोक

आफु गोरखा काग्रेसको पाको पुस्ता भएको पुराना पुस्ताको प्रतिनिधित्व गर्दै युवा जोस जाँगर सहित समग्र गाँऊपालिका भित्रकाजनताको स्थानिय सरकार प्रति चाहना बुझेको ,प्रजातन्त्र लोकतन्त्र प्राप्तीको लागी आफ्ना जीवनका ऊर्वर समय पार्टी देशको लागीखर्चिएको यस पटक पार्टीले जिम्मेवारी आफुलाई दिएर राजनितिक न्याय गर्नु पर्ने धारणा राख्नु भएको प्राप्त हुन आएको छ।

, तुलाराम दाहाल : फुजेल

लामो पार्टीको राजनितिक यात्रा संगै आफु पनि पाका पुस्ताहरुको नै प्रतिनिधित्व गर्ने एकपटक पार्टीले जिम्मेवारी दिए समग्रगाँऊपालिका भित्रको विकाश समृद्धीको पक्षमा काम गर्ने चाहना रहेको धारणा राख्नु भएको छ।

, श्याम प्रसाद लामिछाने : ताङलीचोक

शिक्षण पेशामा रहदाँ शिक्षक संघमा आबद्ध भएर  जिल्ला तह देखि केन्द्रिय नेतृत्वमा समेत रहेर सफलता पुर्वक कार्य सम्पादन गरेको, स्थानिय सरकार प्रति जनताको ईच्छा,चाहना आम कार्यकर्ताको भावना बुझेको जिम्मेवारी पाएका साथीहरुले जनताको भावनाअनुसार काम गर्न नसकेको विषय  जनताको घरदैलोमा पुग्दा आफुले गुनासाहरु सुन्न परेकोले नै समग्र गाँऊपालिकाको विकाश समृद्धीको लागी जग बसाऊन आफु सक्षम रहेको आम जनता कार्यकर्ताको घरदैलोमा पुग्दा नेतृत्व गरिदिन अनुरोध गरेकैले आफुलेअध्यक्ष पदमा रहेर काम गर्न चाहनुका साथै आफु लाई सो जिम्मेवारी पार्टीले प्रदान गरेमा आफु जनताको अभिमत प्रदान गर्ने विश्वासगरेको ,पदभार ग्रहण गरे पश्चात आफु प्रत्येक / महिनामा आफ्नो सम्पत्ती विवरण सार्वजनीक गर्नेुका साथै गाँऊपालिका भित्रशिक्षा,स्वास्थ्य, पक्की सडक, कृषी सम्भावित पर्यटकीय क्षेत्रको अध्ययन गरेर गाँऊपालिका भित्रनै रोजगारी सिर्जना गर्ने कामका साथैजनता लाई आत्मनिर्भर बनाऊने बर्षिय कार्य योजना सहित काम गर्न चाहेकोले पार्टीले आफ्नो पक्षमा सहि मुल्याङकन गर्नु पर्ने धारणाराख्नु भएको छ।

, धुर्व प्रसाद खनाल : दर्बुङ

सफल पर्यटन व्यवसायी समेत रहनु भएका खनाल आफु लामो समय देखि पार्टीको आन्तरिक राजनितिमा क्रियाशिल रहेको, निर्वाचनक्षेत्र नम्बर को निवर्तमान पार्टी सचिवको कार्यकाल समेत सफलता पुर्वक सम्पन्न गरेको पार्टीले आफुलाई जिम्मेवारी दिएमा पर्यटनक्षेत्रमा आफुले करिब २०/२५ बर्ष लिगेको ज्ञान,सिप,क्षमता लाई पर्यटकीय सम्भाव्यताहरुको अध्ययन गर्दै, पर्यटन प्रवर्द्धनको लागी ठोसकाम गर्नुका साथै राजमार्ग संग जोडिएको गाँऊपालिका गण्डकी गाँऊपालिका जनतालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजना लेराएरकृषिमा आत्मनिर्भर बनाऊनुका साथै यस क्षेत्र जलाशय युक्त बुढिगण्डकी आयोजनाको केन्द्र बिन्दु समेत भएकोले आयोजना,केन्द्रियसरकार संग समन्वय गरी रिङरोड,डुबान प्रभावित क्षेत्रका जनताको व्यवस्थित बसोबास पुर्नवास,गोरखाको दक्षिणी पुर्वी भेगको सबैभन्दा अग्लो भुम्लिचोकको भैरवीथान डाँडोमा प्याराग्लाईडिङको सम्भाव्यता अध्ययन त्यसको कार्यन्वयन गराऊदै, साबिकको गाविसताङलीचोकको पाँतिस्वाँरा स्थिति साबिकको दर्बुङ गाविसको रानिस्वाँरा स्थित रहेकोरानिश्वारा मकरात होमस्टेलाई व्यवस्थितगराऊनुका साथै साबिकको फुजेल गाविसमा विगतका दिनमा हुदै आएका सुन्तला खेतीमा हाल राम्रो ऊत्पादन नहुनुका विषयहरुकोअध्ययन गरी सुन्तला,फलफुल  खेतीमा फुजेल,मकैसिङ, ताङलीचोकका जनता लाई आकर्षित गराऊने योजनाहरु लेराऊनुका साथैसाबिकको घ्याल्चोक गाविसमा हुदै आएको कृषि ऊत्पादनको व्यवस्थित बजारिकरण व्यवस्थित चिस्यान केन्द्रको लागी काम गर्दैआन्तरिक बाह्य पर्यटन भित्र्याई  गाँऊपालिका भित्र रोजगारी सिर्जना गर्ने,शिक्षा,स्वास्थ्य,सडक, खानेपानी , कृषि जस्ता संवेदनशिलविषयमा थप योजनाहरु लेराई काम गर्न चाहेकोले आफु लाई यसपटक पार्टीले ऊम्मेदवार हुन दिएर समग्र गाँऊपालिकाको विकाश समृद्धीको पक्षमा काम गर्न दिनु पर्ने, पार्टीको गोरखाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय नेतृत्व अग्रज नेतागण देखि जिल्ला तहका नेतृत्व सबैसक्षम,विवेकशिल हुनु भएकोले आफु लाई ऊम्मेदवारको रुपमा अगाडि सार्ने विषयमा विश्वस्त रहेको धारणा व्यक्त गर्नु भएकोजानकारी हुन आएको छ।

, होम बहादुर राना मगर: भुम्लिचोक

स्थानिय सरकारको शुरुवाती चरणमा नै नेतृत्व गर्दै गर्दा कानुन निर्माण, कार्यान्वय, नितिगत विषयहरुमा प्रशस्त समय खर्चिनु परेकोसाथै कोभिड१९ को महामारीले गापाको काममा असर पारेको केहि महत्वपुर्ण विषयहरुको शुरुवात गरेको भएपनि पाँच बर्षियकार्यकाल प्रयाप्त नभएकोले शुरुवात गरेका केहि कामहरु आफ्नै नेतृत्वमा सम्पन्न गर्न चाहेकोले आम नेता,कार्यकर्ताहरुले पुन एकपटकसमय दिन पर्ने धारणा राख्नु भएको जानकारी हुन आएको छ।

, दिनेश पन्त : ताङलीचोक

हालै सम्पन्न नेका गोरखाको अधिवेशन बाट अत्याधिक मतका साथ नेका गोरखाको जिल्ला कार्यसमिति सदस्य हुनु भएका पन्तलेआफ्नो ऊम्मेदवारीअग्रज लाई सम्मान अब युवा पुस्तालाई प्रोत्साहनहुन पर्ने केहि बर्ष पहिले प्रवासमा बसेर सिकेको ज्ञान,सिप क्षमतालाई आफ्नै माटोमा प्रयोग गर्दै समग्र गाँऊपालिकाको विकाश समृद्धीको पक्षमा आफु काम गर्न सक्षम भएको युवापुस्ताहरुकोसमेत आफु माथी साथ,समर्थन रहेकोले आफु अग्रज पुस्ताको सल्लाह,सुझाव युवा पुस्ताहरुको भावनालाई समेटेर नेतृत्व तहमा रहेरगाँऊपालिकाको विकाश समृद्धीमा एऊटा ईट्टा थप्ने काम पार्टीले विश्वास गरेमा गर्ने भएकोले आफु अध्यक्ष पदका लागी काग्रेसबाटसबै भन्दा बलियो ऊम्मेदवार भएको धारणा सहित काग्रेस भित्र हरेक तहमाराईट मेन राईट प्लेसको अवधारणा लागु गर्नु पर्ने एकव्यक्ति एक पदिय जिम्मेवारीआफ्नो प्रमुख एजेण्डा विगतका दिन देखिनै सार्वजनिक गर्दै आएकोले आफुलाई हरेक तहका नेतृत्वहरुलेअध्यक्षको ऊम्मेदवारको रुपमा प्रस्तुत गर्नु भएको जानकारी हुन आएको छ।

, जानुका पन्त : फुजेल

नेपाल विधार्थी संघको संक्रिय राजनिति बाट आफुलाई राजनितिमा स्थापित गर्नु भएकी पन्तले नेका निर्वाचन क्षेत्र नम्बर कोमहासमिति सदस्य हुदै नेका गण्डकी प्रदेशको सदस्य पदमा काम गर्दै आऊनु भएको छ। ऊहाँले आफ्नो ऊम्मेदवारी लाई पार्टीले सहजरुपमा लिग्दै अब महिलाहरु पनि पहिलो पोजिशनमा बसेर  नेतृत्व गर्न सक्छन भन्ने विषय हरेक परिवर्तनको संवाहक बनेको काग्रेसलेनैस्थापित गर्नु पर्ने धारणा राख्नुका साथै आफु सबै पुस्ताको भावना बुझेर  अध्यक्ष पदको जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्न सक्ने, आफुले नेतृत्व गर्दै गर्दा काग्रेस प्रति युवा पुस्ताहरुको राजनिति प्रति थप आकर्षण बढ्नुका साथै परिवर्तनका संवाहक युवाहरुले आफ्नोपक्षमा अभिमत जाहेर गर्ने नेतृत्वमा आएपछि आफु समग्र भुगोलको थप अध्ययन गर्दै गण्डकी गाँऊपालिका लाई एऊटा नमुनागाँऊपालिका बनाऊने धारणा राख्नु भएको जानकारी भएको छ।

हाम्रो टिमले  गण्डकी गाँऊपालिकाको अध्यक्ष पदमा नेका काग्रेस बाट जनाको दरखास्त परेपछि हिजो देखि आज दिनभर सामाजिकसंजाललाई अध्ययन गर्दा नेकाका आम कार्यकर्ताको धारणा बुझ्दा धेरैले यसपटक गापा को अध्यक्षको छनोट विगतको दिनमा आफ्नोवडा तहमा काग्रेसलाई जिताऊन सफल व्यक्तिहरुको बिचबाट पार्टी भित्र ऊम्मेदवार छनोट गर्ने प्रक्रियामा प्रवेश गराऊनु पर्ने,एक व्यक्तीएक पदिय जिम्मेवार पदिय जिम्मेवारी लाई गोरखा काग्रेसले स्थापित गर्नु पर्ने लगाएतका विषयहरु चर्चा हुदै आएको विषय प्राप्त हुनआएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय