टोकियो
नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियो स्थित सिन्जुकु सिटिमा नवलपरासी मध्यबिन्दु नगरपालिका १४ घर भएका २७बर्षिय लक्ष्मि केसीको मूत्यू भएको छ ।
दिदि भिनाजुसगै सिन्जुकु सिटि स्थित सिनओकुबूमा नेपाली घर उपमा पाएको मेन्सनमा बस्ने केसीले आफैले मृत्यू रोजेको अवस्थामाभेटिएको थियो ।
बिद्यार्थी भिषामा जापान प्रवेश गरेका केसीले बिद्यार्थी जिवन सकी कम्पनीमा कामदारका रुपमा भिषा परिवर्तन गरेका थिए । नयॅा जिवनशुरुवात गर्ने योजना बनाएका २७ बर्षिय लक्ष्मीले के कति कारणले यस्तो अप्रिय निर्णय लिन बाध्य भईन यसको भरपर्दा उत्तर पाउननसकिएको उनका नजिकका आफन्तले बताएका छन ।
केसीको शवलाई अनुसन्धानका लागि जापान प्रहरीले लगेको छ । जापानमा रहेको केसीका आफन्तले दिएको जानकारी अनुसारबुधबार सम्म पोष्टमार्टम रिपोर्ट आउने र मृत्यूको कारण पत्ता लाग्ने जानकारी दिएका छन ।


