जापान – कँडेल केसी विधि विधान सहितको ने.. जापान बनाऊन बाट भागेको आरोप विधि र विधान पक्षधरको बैठक अप्रिल १६र १७ तारिख टोकियोमा हुने

नेपाली जनसम्पर्क समिति जापानम लाई लामो समय बिबादको भुमरीमा पारेर छैटौ अधिवेशन बाट बर्षको कार्यकाल लाई / बर्षभाग लगाएर सभापती भएका द्वय दण्डपाणी कँडेल( डिपी) लाल बहादुर केसी (रोशन)  नेपाली  जनसम्पर्क समिति जापान लाई विधि विधान सम्वत चलाऊन बाट भागेको आरोप लाग्दै आएको छ।

दुवैको मिलिमतोमा नेपाली काग्रेस पार्टीको १४ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पठाऊन ने...समिति जापानको अधिवेशनको नाममा २४ घण्टा अगाडि मात्र सुचना सार्वजनिक गरेर आम क्रियाशिल सदस्यको फारम भरेकाहरुको नामावलि समेतसार्वजनिक नगरी  भागबण्डा गरी केहि केन्द्रिय  नेताहरुलाई मोटो रकम तिरि अधिवेशनको नाम बाट महाधिवेशन प्रतिनिधिपठाएको विषयलाई निरन्तर विरोध गर्दै आएको ने...जापान लाई विधि विधान सम्वत ढंगले सन्चालन गर्न पर्ने माग राख्दै आएकाविधि विधान पक्षधरहरुले  यहि मिति २०२२ अप्रिल १६ १७ तारिख टोकियोमा बैठक तय गरेको जानकारी हुन आएको छ।

विधि विधान पक्षधरहरुको हिजो अप्रिल तारिख बसेको बैठकले हाल सम्म आफुहरुले ऊठान गर्दै आएका मागहरु प्रति पटक सम्मवार्ताको टेबलमा बसेर पनि वार्ताबाट भाग्दै अवैधानिक ढंगबाट खरिद/बिक्री गरि लिगिएको महाधिवेशन प्रतिनिधी महासमितिसदस्यको नाम भजाएर संगठनलाई अझै अन्धकार तिर धकेल्न खोजेको आरोप सहित संगठनमा भित्र्याऊन खोजिएको व्यथिति विसंगतीविरुद्ध आगामी कार्यक्रमहरुको बारेमा छलफल गर्न बैठक तय गरिएको पटक सम्म छैटौ अधिवेशनको नेतृत्व संग वार्ताको टेबलमाबस्नु भएका विधि विधान पक्षधरका वार्ता टोलि संयोजक धर्म प्रसाद अधिकारीले जानकारी गराऊनु भएको छ।

करिब हजार जनाले ने...जापान मार्फत क्रियाशिल सदस्य हुन पाँऊ भनि फारम भरेर दस्तुर सहित बुझाएको भएपनि कँडेल केसीको भागबण्डामा परेका १४ जना महाधिवेशन प्रतिनिधिहरुले दामासयमा २००७ जना क्रियाशिल सदस्यको दस्तुर आफुहरुलेबुझाएको भन्दै अभिव्यक्ति दिदै आएको आरोप समेत लागेको छ।

अधिवेशनको नाममा भएका कमिकमजोरीहरु लाई सामुहिक आत्माआलोचना, क्रियाशिल सदस्यको छानबिन, अधिवेशनकोलागी ऊच्च स्तरीय अनुगमन समिति गठन, संगठन भित्रको आर्थिक पार्दर्शिता देखाएर सच्चिनको लागी विधि विधान पक्षधरहरुलेकरिब / महिना अनुरोध सहित प्रतिक्षा गरेपनि शक्ति आशिर्वादको आँडमा संगठनमा थप व्यथिति भित्राएको , कुनै पनि कामहरुविधि विधान सम्वत नगरेकै कारणले अब आफुहरु व्यथिति विसंगतीका विरुद्ध शसक्त भएर लड्नुको विकल्प नरहेको विधि विधानपक्षधरका तर्फबाट वार्ता टोलि सदस्य रहनु भएका नेत्र प्रकाश भण्डारीले जानकारी गराऊनु भयो।

हिजो भएको बैठकमा ने...जापानका छैटौ अधिवेशनका महाधिवेशन प्रतिनिधि सुवास लोहनी, ऊपसभापती बद्री पौडेल, क्युसुक्षेत्रिय समिति सभापती डिका कार्की, नागोया क्षेत्रिय सभापती कुशल धिताल, ने...जापानका संस्थापक सदस्य जेपि पण्डित, नेकाकेन्द्रिय श्रमिक तथा ट्रेड युनियन विभागका सदस्य श्याम लामा लगाएत अन्य ऊपस्थित महानुभावहरुले ने.. जापानमा मौलाऊदैगएका व्यथिति विसंगतीहरुले जापानबासी काग्रेसीहरुको आस्था भावनामा ठेस पुगेको पद प्राप्तीका लागी केसी लगाएत कँडेलसमुहले संगठनको गरिमा माथी नै आँच आऊने काम गरेको विषय राख्नु भएको जानकारी हुन आएको छ।

हेर्नुहोस् विधि विधान पक्षधरले ऊठान गर्दै आएका बुँदे  माग लाई संलेषण गरी बुँदे बनाएर राखेका मागहरु

श्री लाल बहादुर के. सी. (रोशन)

श्री डि. पि. कँडेल

सभापती

नेपाली जनसम्पर्क समिति, जापान(छैटौ) अधिवेशन

नेपाली जनसम्पर्क समिति (नेजसस) जापानलाई विधि विधान पद्धतिमा संचालन गर्ने अभियानका तर्फबाट विगतमा चार पटकसम्मतपाईँहरू लगायतको नेजसस जापानको नेतृत्व वर्ग प्रतिनिधिहरूसँग भएको सम्वाद छलफलको आधारमा यो अभियानले शुरुमाप्रस्तुत गरेको बुँदे समाधान पत्रलाई चौथो पटकको सम्वादपछि, बुँदाहरूलाई संलेषण गरि निम्नलिखित बुँदाहरूमा समाहित गरिसहमति गर्नसकिने कुरा नेजसस जापानका नेतृत्व प्रतिनिधिहरूको जानकारीका लागि पठाउने निर्णय भएकाले सोहि अनुसार गरिएकोछ।

) आगामी नेजसस जापानको महाधिवेशनलाई भव्य, सभ्य विधि विधान तथा पद्धतिअनुसार आयोजना गर्न नेजसस जापानकोमहाधिवेशन आयोजक समितिलाई सहयोग गर्न तेश्रो वार्तामा प्रस्तुत भएको उच्चस्तरिय अनुगमन समितिको गठन कार्य क्षेत्रमा निम्नकुराहरू समावेश गरिनु पर्ने।

) गठन: यस उच्चस्तरिय अनुगमन समितिलाई प्रभावकारी बनाउन नेजसस जापानलाई निर्धारित समयमा विधिसम्मत आयोजनागर्नकालागि सहयोग पुर्याउन ११ सदस्यीय समिति गठन गर्ने।

) कार्य क्षेत्र: सातौं महाधिवेशनसँग सम्बन्धित मतदाता नामावली, प्रचारप्रसार, उमेदवारहरूविचको सहमति विकास लगायतका समग्रविषयहरूमा कार्यक्रम तयारी तथा स्वच्छ निर्वाचन को वातावरण निर्माणलगायतका कुनैपनि विवाद समस्या समाधानमा नेजससजापान महाधिवेशन आयोजक समितिलाई सहयोग पुर्याउने। यस समितिको अनुगमन सुझाव सहयोगलाई केस मान्न बाध्य नरहे पनिमहाधिवेशन आयोजक समितिले यस समितिका सुझाब सल्लाहहरूलाई गम्भीरता सकारात्मक रूपमा लिनुपर्ने।

) कार्यविधि: यस समितिको बैठकको कार्यविधी समितिकै बैठकले गर्ने।

) समितिको संयोजक: यस समितिको संयोजक कुनै गुट उपगुटमा नलागेको व्यक्तिले गर्नु पर्ने।

) कृयाशील सदस्य: शिफारीस भइ पार्टीबाट स्वीकृत भएका भनिएका २००७ जना कृयाशील सदस्यहरूको बारेमा रीतपूर्वकविधीअनुसार दर्ता सम्पन्न गर्न दोहरिएका वा जापानमा नरहेका वा दर्ताको लागी आवश्यक प्रमाणहरू उपलब्ध हुन नसक्नेव्यक्तिहरूलाई नामावलीबाट हटाउन शिफारिस गर्ने खाली हुन आएको ठाउँमा छुटेका व्यक्तिहरूलाई समावेश गर्न शिफारिस गर्न एक सदस्यीय छानविन तथा शिफारिस समिति गठन गर्ने।

) २००७ जना कृयाशील सदस्यहरुको नामावलीमा राख्न नसकिएका क्षेत्रीय अधिवेशन मा सहभागी रहि नेजसस को सदस्यता लिनचाहने व्यक्तिहरू हजार येन तिरेर सदस्यता बन्न सक्ने क्षेत्र तथा केन्द्रीय निर्वाचनमा सहभागी हुन क्रियाशील सदस्य सरह १०# कोआधारमा महाधिवेशन प्रतिनिधि बन्न सक्ने।

) आर्थिक पारदर्शिताका सम्बन्धमा: नेजससको आर्थिक कारोवारलाई पारदर्शी बनाउन नेजसस जापानको विधान अनुसारकोषाध्यक्षको अध्यक्षतामा सदस्यीय आर्थिक समिति गठन गर्ने।

) नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशनको क्रममा भएका सबै विधि विधान पद्धति विपरितका कार्यहरूको नैतिक जिम्मेवारीलिएर वर्तमान नेजसस जापानको केन्द्रिय समितिले आम कार्यकर्ता समक्ष आत्मालोचना आगामी दिनहरू पूर्णरूपमा विधि विधान पद्धतिमा नेजसस जापान संचालन गरिने कुराको विश्वास दिलाउन एक विज्ञप्ति प्रकाशित गर्ने।

विधि विधानको नेपाली जनसम्पर्क समिति निर्माण अभियान सम्वाद समुहका तर्फबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय