ललितपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वैशाख ३० को चुनावबाट स्थानीय तहमा एमाले पुन: शक्तिशाली पार्टी भएरनिस्कने दाबी गरेका छन् । पछिल्लोपटक एमालेमा प्रवेश गर्नेहरूको लहर चलेको उदाहरण दिँदै पौडेलले यसबाट पाँचदलीय गठबन्धनडराएको बताए ।
ललितपुरमा महानगरपालिका–१८ मा आयोजित कार्यक्रममा उनले भने, ‘यो सरकारले स्थानीय निर्वाचन रोक्न सक्दो प्रयास गरेको थियो। एमालेको दबाबले त्यो पूरा भएन । अब कसैले चाहेर पनि रोकिँदैन, तपाईहरु निर्वाचनको परिणाम आएर विजयी जुलुस ननिकालेसम्मनिर्वाचनको सबै कार्यक्रममा होमिनुस् ।’
एमाले महानगर कमिटी इन्चार्ज मञ्जली शाक्यले मुलुकभर एमाले एक नम्बरको पार्टी हुने दाबी गर्दै त्यस सफलतको लागि आजैबाटव्यापक प्रचारमा लाग्नुपर्नेमा जोड दिइन् । बताउनुभयो । कार्यक्रममा प्रदेश पूर्वमन्त्री एवं सांसद जीवन खड्का, एमाले वागमती प्रदेशसदस्य दामोदर खड्का र प्रदेश सदस्य अमृत खड्का, एमाले जिल्ला उपाध्यक्ष प्रेमभक्त महर्जनले ललितपुर जिल्ला एमालेको किल्लाबनाउन सबै नेता कार्यकर्ता एकजुट भएर प्रचारमा लाग्न आग्रह गरे ।
कार्यक्रममा १८ नम्बर निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । त्यस्तै नवगठित निर्वाचनलक्षित सातवटा टोल कमिटीकाअध्यक्षहरू थानागाउँका इन्द्रलाल महर्जन, जलविनायकका जितलाल श्रेष्ठ (गोपाल), पाखागाउँका अस्मिता वागटी, बत्सलादेवीकाअञ्जु थापा, मिलनबस्तीका लक्ष्मण कट्वाल, मगरगाउका राममणी गौतम र खड्का गाउँका राधेश्याम खड्कालाई जिल्ला इन्चार्ज एवंएमाले पोलिटब्यूरो सदस्य शुशिला नेपालले पद तथा गोपनीयताको सपथ गराइन् ।
१८ नम्बर वडा कमिटीका अध्यक्षगोपाल डंगोलका अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर केही नेता कार्यकर्ताएमाले प्रवेश गरेका छन् ।


