काठमाडौं । नेपालमा कोरोना सँक्रमण कम भएपछि लोक दोहारी संगीत क्षेत्रलाई पवर्धन गर्न काठमाडौंको टुँडिखेलमा २५ देखि ३० चैतसम्म ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने भएको छ ।

नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेलाको आयोजना गर्न लागेको जनाएको छ । काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा सो संस्थाले जनाएको हो ।

आयोजक समितिले यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने जनाएको छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् ।

विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले पक्षले जनाएको छ । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ । प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख,दोश्रो हुनेले नगद ३ लाख तेस्रो हुनेले नगद २ लाख संगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङ्गको प्रस्तुति रहने छ ।

आयोजक संस्था डिएआर मुभिजले यस अघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय