काठमाडौंको ठमेलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो। कालीकोट घर भई ठमेल बस्ने बमलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।

ठमेलको इन्द्रेणी दोहोरी साँझमा एक महिलालाई लछारपछार गरेको प्रहरीले जनाएको छ। 

त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको बताइएको छ। 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय