गोरखा- नेपाली काग्रेस जिल्ला कार्यसमिति गोरखा का पार्टी सभापती नन्द प्रसाद न्यौपानेले मिति २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गोरखा जिल्ला भित्र रहेका वडाहरु बाट नेपाली कांग्रेस पार्टी बाट ऊम्मेदवार हुन ईच्छुक व्यक्तिहरुको निवेदन माँग गरी प्राप्त निवेदन ऊपर वडा कार्यसमितिले मिति २०७८ चैत्र २१ गते भित्र सिफारिस गरी माथिल्लो तहमा पठाऊन परिपत्र गर्नु भएको छ।नेका केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार गर्न/गराऊन समेत सभापती न्यौपानेले जानकारी सहित परिपत्र गर्नु भएको छ।
गोरखा कांग्रेसले गरेको परिपत्रमा ध्यान दिनु पर्ने विषय निम्न अनुसार छन्।
१, वडा अध्यक्षको ऊम्मेद्ववारको लागी योग्यता पुगेका व्यक्तिहरु मध्यबाट १ महिला सहित बढिमा ३ पुरुष हुन् पर्ने ।
२, वडा सदस्यको ऊम्मेदवारको लागी खुल्ला २ सिटको लागी २ महिला समेत ६ जना मात्र। खुल्ला महिला कोटा तर्फ बढिमा ३ जना महिला मात्र र दलित महिला कोटामा बढिमा ३ जना दलित महिला मात्र हुन् पर्ने विषय समेत परिपत्रमा ऊल्लेख भएको छ।
हिजो मात्र सभापतीको अधिकार प्रयोग गरेर ८ जना सदस्यहरु मनोनयन गरेको गोरखा काग्रेस नेतृत्वले लिगेको निर्णयले गोरखा काग्रेसलाई थप एकताबद्ध गर्न र आम पार्टीका कार्यकर्ता र शुभचिन्तकको भावना, आशा र भरोसा अनुसार काम गर्न थप बल पुग्ने भन्दै सामाजिक संजालमा सभापतीको निर्णयको प्रशंसा हुनुका साथै शुभेच्छा समेत प्रकट भएको समेत देखिएको छ।
सभापतीका निकट व्यक्तिका अनुसार सभापती आफु स्वयम सभापती हुदाँ सबै तहका नेता,कार्यकर्ताको सामुहिक प्रयास र विश्वास बाट सर्वसम्मत हुनु भएकोले ऊहाँले आफ्नो अधिकार प्रयोग गर्ने ठाँऊमा समेत सबैको भावना समेटिएको सदस्यहरु मनोनित गर्नु भएकोले सभापतीको निर्णय प्रति सबैले खुलेर लेख्ने र बोल्ने देखिनु गोरखा काग्रेसको लागी यो शुभ संकेत भएको समेत धारणा राख्नु भएको थियो।


