बिरगंज , चैत्र १७ गते बिहीबार ।
पर्सा प्रहरीले ४ जनालाई चाेरीको ८ वटा माेटरसाइकल सहित पक्राउ गरेकाे छ । बाराको कोल्वी नगरपालिका वडा नं. १ निवासी२३ बर्षिय अच्छेलाल चौधरी, वीरगंज महानगरपालिकाकाे वडा नं. २५ निवासी २० बर्षिय आकाश कुमार पटेल, साेही ठाउँ निवासी२८ बर्षिय दिपेन्द्र प्रसाद पटेल र वीरगंज महानगरपालिका कै २९ बर्षिय मनिर मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१ बस्ने सन्जु रामको प्रदेश २–०३–०१८ प ००१८ नम्बरको २०० सिसिकाे रातोकालो रंगको पल्सर मोटरसाइकल मंगलबार राती १०:३० बजे चोरी भएकाे थियाे । वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२ स्थितसडकको छेउमा पार्किङ गरी राखिएको अवस्थामा पक्राउ परेका मध्येका अच्छेलाल चौधरीले लक तोडी चोरी गरी भागेका थिए ।
माेटरसाइकल चाेरी भएकाे थाहा पाए लगतै चेकिङ ड्युटीमा खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ३ छपकैयावीट अगाडिबाट मानिस सहित माेटरसाइकल नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान थालेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१४ निवासी दिनेश प्रसाद राउतको ना. ३४ प १९२८ नम्बरको कालो रंगको सुपर स्प्लेण्डरमोटरसाइकल चैत ४ गते राती १०:३० बजे चाेरी भएको थियो। वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२५ स्थित सडक छेउमा पार्किङगरी राखेको अवस्थामा चोरी गरी उक्त नम्बर प्लेट हटाई ना. २५ प १४६६ नम्बर प्लेट लगाइ चलाउदै गरेको खुल्न आएकाे थियाे ।
त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउसाे १:३० बजे वीरगंज महानगरपालिकाकाे वडा नं. २०हरपतगञ्जबाट बरामद गरी ल्याई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाशखनालले जानकारी दिए ।
साथै उक्त स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला परेकोले सो मोटरसाइकल समेत बरामद गरी अन्य ३जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


