नेपाली काग्रेस गण्डकी गाँऊपालिका वडा नम्बर ५ साबिकको दर्बुङ गाविस काठमाडौ सम्पर्क समिति इन्द्र ब. थापाको नेतृत्वमा गठनभएको छ।
नेपाली काग्रेस गोरखा – काठमाडौ सम्पर्क समितिका सचिव युवा नेता राजेन्द्र धमलाको प्रमुख आतिथ्यतामा, नेका गण्डकी गाँऊपालिका निवर्तमान पार्टी सचिव हेमराज घिमिरे, गोरखा–काठमाडौ सम्पर्क समितिका सदस्य भिम थापा को विशेष आतिथ्यतामा र नेका गण्डकी गाँऊपालिका – काठमाडौ सम्पर्क समितिका सचिव,सह– सचिव क्रमश पारस खनाल र विक्रम खनालको आतिथ्यतामा आज काठमाडौमा एक कार्यक्रमका बिच सम्पर्क समिति गठन भएको नेका गोरखा– काठमाडौ सम्पर्क समितिका सदस्य भिम थापाले सामाजिक संजालबाट जानकारी गराऊनु भएको छ।
काठमाडौ लाई कर्मथलो बनाऊदै आएका गण्डकी गाँऊपालिका वडा नम्बर ५ साबिकका दर्बुङ गाविसका नेका पार्टीमा आस्थावान विभिन्न पेशा,व्यवसाय र रोजगारीका क्रममा रहेका दर्बुङबासीहरु लाई नजिकिदै गरेको स्थानिय तहको निर्वाचनमा “परिवर्तनका पक्षधर युवाहरुको भुमिका विषयक “ शिर्षकमा प्रमुख अतिथि रहनु भएका धमलाले पार्टी र संगठनलाई मजबुत बनाऊदै स्थानिय तहको नेतृत्व अब सक्षम पुस्ताले गर्नु पर्नेसमेत विचारहरु राख्नु भएको जानकारी हुन आएको छ।
करिब ७०/८० जनाको ऊपस्थिति रहेको कार्यक्रमले पदाधिकारी सहित १९ सदस्यीय कार्य समिति गठन गरेको जानकारी हुन आएकोछ।
कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको नामावली निम्न प्रकारको रहेको छ।
- अध्यक्ष : इन्द्र ब. थापा
- ऊपाध्यक्ष : निमेश राना मगर
- ऊपाध्यक्ष : एकमान परियार
- सचिव: सन्जित खनाल
- सह-सचिव : प्रनिल आले
- सह- सचिव : दिल ब.थापा
- कोषाध्यक्ष : विकाश जोशी
- सदस्यहरु : जित ब. थापा
- ” : रवि तिवारी
- ” : दिलिप घिमिरे
- ” : अमर थापा मगर
- ” :प्रदिप थापा मगर
- ” : जीवन पुलामी
- ” : आशिष विक
- ” : दिल ब. विक
- ” : राजीव खनाल
- ” : आशिष गुरुङ
- ” : ज्ञान ब. राना मगर
- ” : रुपेश अधिकारी


