काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र टुबोर्ग बियरको सहकार्यमा बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय दोहोरी प्रतियोगिता हुने भएको छ।
चैत १९ गतेसम्म आयोजना हुने रनिङ शिल्ड प्रतियोगितामा देशभरबाट ७० समूहको सहभागिता रहेको छ।

 

यस दौरान एक लाखभन्दा बढी दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अनुमान गरिएको छ। प्रतियोगितामा देशभरका विभिन्न राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिने छन्। प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले दुई लाख २५ हजार नगद पुरस्कार पाउने छन्।

यसैगरी दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रोले एक लाख र सान्त्वना स्थान हासिल गर्नेले ५० हजार नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा उत्कृष्ट दुई पुरुष र दुई महिला कलाकारका साथै उत्कृष्ट भेषभूषा र अनुशासित समूहलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्टले सन् १९९० मा पहिलो पटक नेपालमा प्रवेश गरेको टुबोर्गले विभिन्न साँगीतिक कार्यक्रमहरूसँग सहकार्य गर्दै आएको बताए। यही क्रममा १८ वर्ष अघि दोहोरी प्रतियोगितासँग आवद्ध भएको उनले जानकारी दिए। ‘दोहोरी गीतसंगीत मात्र नभएर नेपालीहरूको संस्कृति र पहिचान पनि हो।

टुबोर्गले प्रतियोगितासँग आवद्ध भएर संस्कृति जगेर्ना गर्न कलाकारलाई प्रोत्साहन र हौसला प्रदान गरिरहेको छ’, उनले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय