आज एकपटक पुनः टर्कीमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच भेटघाट भइरहेको छ । यी वार्तामा युक्रेनले आफ्नो भूभागको सार्वभौमसत्ता नत्यागिकन युद्धविरामको माग गर्दै आएको छ ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले इस्तानबुलमा वार्ताबारे भने, ‘हामीले जनताको, भूमि वा सार्वभौमसत्ताको सम्झौता गरिरहेका छैनौँ ।’
उनले युक्रेनको सरकारी टिभी च्यानललाई भने, ‘यो कुराकानीले कम्तीमा मानवीय मुद्दामा सहमति र धेरैभन्दा धेरै युद्धविराममाथि सहमति हासिल हुनसक्छ ।’
अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले युक्रेन–रुसबीच केही राम्रो हुने आशामाथि शंका जताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध समाप्त गर्नका लागि सम्झौता गर्नका लागि तयार नभएको बताएका छन् ।
यसैबीच क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोवले हालसम्मको कुराकानीमा खासै केही महत्वपूर्ण कुरा हासिल भएको छैन तर वार्ता भने जारी रहनुपर्ने धारणा व्यक्त गरे ।


