इंग्ल्याण्ड महिला विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । विलिङगटनमा भएको खेलमा बंगलादेशलाई एक सय रनले पराजित गर्दै सेमिफाइनमा प्रबेश गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा २३४ रन बनाएको थियो । इंग्ल्याण्डका लागि सोफिया डंकलीले सर्वाधिक ६७ रन बनाइन् । त्यस्तै नाट सिभरले ४० रन बनाउँदा ओपनर ट्यामी बेउमण्टले ३३ रनको योगदान गरिन । ऐमी जोन्सले ३१,  क्याथरिन ब्रन्टले नटआउट २४ रन र सोफी इलिस्टेनले नटआउट १७ रन बनाइन् । ड्यानी वाइट र कप्तान हेइदर नाइटले समान ६ रनको योगदान गरेकी थिइन् । 

बंगलादेशका लागि सल्मा खातुनले दुई तथा जहानरा आलम, ऋतु मोनी, फाहिमा खातुन र लता मोण्डलले समान एक एक विकेट लिए । 

२३५ रनको लक्ष्य पछ्याएको बंगलादेश १३४ रनमा नै समेटिन पुग्यो । लता मोण्डलले सर्वाधिक ३० रन बनाइन् । सामिमा सुल्तना र सार्मिन अक्तरले समान २३ रन बनाउँदा कप्तान निगर सुल्तान २२, फर्कना हग र ऋतु मोनीले समान ११ रन बनाए । दुई खेलाडीले खाता खोल्न नै नसक्दा बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

डिफेन्डिङ च्याम्पियन इग्ंल्याण्डले लगातार तीन हारसहित प्रतियोगिताको सुरुवात गरेपछि लगातार चार खेल जितेको छ।

भारत र दक्षिण अफ्रिकाबीच आइतवारको खेलको नतिजाको आधारमा इंग्ल्याण्ड समूहको तेस्रो वा चौथो स्थानमा रहनेछ।

अन्तिम चारमा पुग्न भारतलाई जित आवश्यक छ र नेट रनरेटमा इङ्ल्यान्डभन्दा माथि मात्र पुग्न सक्छ।

यदि इंग्ल्याण्ड तेस्रो स्थानमा रह्यो भने अन्तिम चारमा उसले दक्षिण अफ्रिकासँग खेल्नेछ। 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय